काठमाडौँ —गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् ।
उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् ।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया