काठमाडौँ —टीकापुरमा इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागूऔषध दुर्व्यसनीका ७० मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुर्व्यसनीको सङ्ख्या बढ्न थालेको बताएका छन्।
दुर्व्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि शनिबार टिकापुरास्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो । कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागूपदार्थ सहजरूपमा भित्रने गरेको प्रहरी प्रमुख शाहीले बताए ।
टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम भईरहेको छ ।
प्रतिक्रिया