काठमाडौँ — हङकङको गाउघ स्ट्रिटमा शनिबार बिहानै ६५ लाख सुटकेशबाट चोरी भएको छ। प्रहरीका अनुसार ३० वर्षीया महिलाले आफ्नो जीवनभरको बचतको रकम सुटकेशमा हालेर राखेकी थिइन्। उक्त सुटकेश महिलाको फ्ल्याटबाट चोरी भएको हो।
प्रहरीका अनुसार फ्ल्याटको ढोका वा झ्यालमा कुनै पनि क्षति पुगेको छैन। प्रहरीले यस विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ।
त्यस्तै हङकङमा विभिन्न नौवटा चोरीका घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय पुरुष र २८ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले ४ लाख ५० हजार डलर चोरी गरेको प्रहरीको अरोप छ ।
प्रतिक्रिया