देश

पोखरीमा डुबेर एक जनाको मृत्यु


काठमाडौँ — अर्घाखाँची शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा ३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो ।