काठमाडौँ – कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गत असार २८ गते स्वास्थ्य निर्देशनालय हेटौंडा, स्वास्थ्य तालिम केन्द्र काठमाडौं, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडा, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, १३ वटै अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई परिपत्र गरी करार सम्झौताको म्याद नथप्न भनेको थियो । तर फेरि मन्त्रालयले साउन ४ गते तिनै कार्यालयहरुलाई अर्को परिपत्र गरी करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने निर्णय अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको थियो । उनीहरुले तलब नपाएको भन्ने जानकारी मन्त्रालयलाई भने नभएको बताईएको छ ।
प्रतिक्रिया