काठमाडौँ — दसैँ सुरु भएसँगै शहर छोडेर गाउँ फर्किनेको भिड काठमाडौंको वसपार्कहरुमा बाक्लो छ । सहज रुपमा यातायातको व्यवस्था हुन नसक्दा मध्यरातमा बसपार्क पुग्दा समेत टिकट पाउन नसकेको नागरिकको गुनासो छ । यतिवेला काठमाडौं उपत्यकाका बसपार्कहरुमागाउँ फर्किने यात्रुहरुको भिड लाग्ने गरेको छ । कति त बेलुकै बाट बासनै काउण्टरको बाहीरै बस्ने गरेका छन् । राति ८ बजेबाटै धनगढीको टिकट कुरेका एक युवा त्यही नयाँ बसपार्कको लाइनमा भेटिए ।
उनि भन्दै थिए ,धनगढि जान हिजो राति ८ बजे बाटै लाइनमा छु ।तर टिकट पाईन । धनगढिको लाईनमा टिकट नपाएपछि उनि लाईन फेरेर कोहलपुरको लाइनमा पुगेकाछन् । धनगढिको गाडी नपाएपछि उनि जसोतसो कोहलपुरसम्म जाने र त्यहाँबाट कैलाली सम्म पुग्ने योजनामा छन् । तर उनको हातमा कोलहपुरको टिकट पनि परीसकेको छैन । जति बेला विहानीको झण्डै चार बजेको छ । रातिको ८ बजे देखि लाईनमा बसेका उनि विहानी पख सम्म पनि टिकट हात नपर्दा खल्लो मन पारेर भन्दै थिए ।अरुलाई भन्दा भित्र भित्रै आफन्तलाई टिकट दिइने गरीदो रहेछ जसका कारण हामीले सास्ती भोग्नु पर्यो ।
त्यही लाईनमा अर्का व्यक्ति पनि भेटिए, दशैंमा अष्टेलियाबाट छोरो आएको खुसीमा लिन आएका उनि सुर्खेतको टिकटका लािग पर्खाइमा थिए । साढे ३ बजेदेखि लाईनमा बसेका उनले टिकट त परकै कुरा साढे ४ हुँदा सम्म भिड छिचोलेर झ्याल सम्म पुग्न सकेकै थिएनन् । वर्षमा एक पटक आफ्नो गाउँ घर बुबाआमा र परिवार भेट्न जान यो हतसम्मको सास्ती भोग्नु पर्ने विडम्बना हो । त्यही भएर पनि होला सतिले सरापेको देश भनिएको ।
आज टिकट त वर्षमा एक पटक देखिने मौसमी भिड हो तर हरेक दिन नेपालीले म यो देशको नागरिक हो भनेर चिनिन् । राष्ट्रिय परिचय पत्र अथवा राहदानीको लागि दैनिक यो सास्ती भोगिरहेकाछन् । जुन दुर्भाग्य हो । यति बेला टिकट नपाउने त छदैछ यही मौकाछोपी ठगी गर्ने विचौलियाहरु पनि सक्रियछन् । केहीलाई त प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । तसर्थ घर जाने हतारोमा ठगहरुको चंगुलमा नपर्नुहोला ।
अझ तपाईले टिकट लिदै गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । तोकिए भन्दा बढि भाडा नदिने, टिकटमा गाडी नम्बर र सिट नम्बर साथै सम्पर्क नम्बर लेख्न लगाउने । यसको अलवा आफु जाने गाडि कुन हो पहिलानै हेर्ने त्यसो गर्नु भयो भने तपाईको यात्रा सुरक्षित र सुनिश्चित हुन सक्छ ।अन्यथा नयाँ गाडि देखाएर पुरानो गाडिमा पठाउने गिरोहपनि सक्रिय रहेको बुझिएको छ ।
आफ्नो गन्त्यवमा जाने एउटा कुरा भयो त्यो भन्दा अगाडि तपाई र तपाईको यात्रा सुरक्षित हुन जरुरी छ ।
प्रहरीले पनि चाडपर्व लक्षित गरेर अहिले ३ दर्जन भन्दा बढि ठाउँमा चेकजाच गरिरहेको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेको वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ भन्ने जाँच भइरहेको छ । सुरक्षाकर्मीले गर्ने डिउटी त छदैछ तपाई हामी सचेत नागरिक भएको हिसावले पनि आफ्नो सुरक्षित यात्राको लागि चनाखो भएकै राम्रो ।
प्रतिक्रिया