देश

धादिङ दुर्घटनामा दुई जनाको ज्यान गयो, दुवै मृतकको परिचय खुल्यो


काठमाडौँ — धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । कपिलबस्तुबाट सल्यानटारका लागि छुटेको ना ४ ख ८०४१ नम्बरको ट्रक धादिङबेसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

दुर्घटनामा अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने दुवै मृतकको परिचय खुलेको छ । सल्यानटारमा असोज २८ गतेदेखि हुने महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिस तामाङले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।