काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पश्चगामी शक्तिहरू सलबलाउन थालेको बताएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले राजा/राजतन्त्र फर्काउन चाहने शक्ति सक्रिय हुन थालेको संकेत गरेका हुन् ।
जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न उनीहरू सलबलाउन थालेको उनको भनाइ छ । तर दल र नेता खराब भए भन्दैमा इतिहासले मिल्काइसकेको संस्थारव्यक्ति फर्काउने गल्ती गर्न नहुने सुझाव डा. भट्टराईले दिएका छन् ।
‘जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ, यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरुरी छ’, सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने/बनाउने हो तर इतिहासले मिल्काइसकेका संस्था/व्यक्ति फर्काउने हैन ।’


प्रतिक्रिया