देश

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केहीदिन डेंगुको परीक्षण बन्द


काठमाडौँ — डेंगुबाट बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको छ । इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले बताउनुभयो । ‘प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको छ ।

डेंगुबाट बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ । सबभन्दा बढी काठमाडौंमा झन्डै १० हजार पुगिसकेको छ ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आईसीयु, ३८ जना भर्ना र इमरजेन्सीमा ५० जना उपचारर्थ छन् । दैनिक ओपीडीमा डेढ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् ।