कोरोना विशेष

पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना संक्रमित


काठमाडौँ — पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १ हजार ४ सय जना सक्रिय संक्रमित छन् । १०३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।