देश

२० वर्षीय छोराको हत्या गरी भागेका बाबु पक्राउ


काठमाडौँ — बर्दियाको बारबर्दिया नगरपालिका- ११ विजय नगरका २० वर्षीय विवेक चौधरीको हत्या गर्ने ४५ वर्षका लौरंगलाल थारु पक्राउ परेका हुन् ।

उनी मृतकका बुबा हुन् । बुधबार उनले छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए । घाइते विवेकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएपछि उनका बुबा लौरंगलाल फरार भएका थिए ।

उनको खोजीको क्रममा शुक्रबार गुलरिया नगरपालिका(११ इन्द्रपुर स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको बर्दियाका प्रहरी नायक उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।