काठमाडौँ — नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँगमिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंँमाविशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु÷कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागिअत्यन्तै उपयुक्त छन् ।
कोका–कोलाबोतलको लेबलमाभएको त्तच् कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमापनियी रेसिपी भिडियोहरु उपलब्धहुनेछन्। यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेरआफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जनाभाग्यशालीविजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनिपाउन सक्नेछन् ।
उक्त सहकार्यको बारेमाबोल्दै सेफ सन्तोष शाहले भन्नुभयो, “दसैंँको कुरा गर्नासाथहाम्रा परम्परागत स्वादिलाखानाहरुको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोका–कोलासँगमिलेर दसैंँमाखाइने ५ विशेष परिकारहरुको रेसिपीयहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनिथपेको छु ।
आशा छ, यहाँँहरुले पनिआफ्नो प्रियजनहरुसँग यो रेसिपीबनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमापनि राख्नुहोला ।” यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टरश्री आदर्श अवस्थीज्युलेभन्नुभयो, “नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रतिएकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँगमिलेर दसैंँ विशेष परिकारहरुको रेसिपीप्रदान गर्न पाउँदाहामीपनिउत्तिकै उत्साहित छौँ ।
हामीलाई आशा छ वहाँँहरुले पनियी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वादलिनुहुनेछ ।”
कोका–कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो ।“सम्बन्धउत्सव स्वादसँग”थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्यआकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।
प्रतिक्रिया