काठमाडौँ – सोमालियाको सेनाले गरेको कारबाहीमा अल सेबाब आतंककारी संगठनका ४० जना आतंककारीको मृत्यु भएको छ।
बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकूहरु मारिएका बताइएको हो । सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।
सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका छन् । त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।
कारबाहीका क्रममा सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल सेबाब संगठनका आतंककारीले गोली हानेका थिए । हिरान क्षेत्रमा अल सेबाबका लडाकूले विगत लामो समयदेखि आतंक मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारबाही थालेको छ ।
प्रतिक्रिया