काठमाडौँ — नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ ।
एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने तय भएको छ । सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
‘समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,’ सचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने ।
बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो । उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ ।
एमालेमा १० बुँदे सहमतिबाट पार्टीमा सक्रिय भएका नेताहरुलाई ओलीले माफी नमागेसम्म टिकट नदिने शर्त राखेको बताइएको थियो । तर, उक्त विषयमा एमालेका नेताहरुले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया