काठमाडौँ — दसैँको मुखमा डेङ्गु संक्रमणका कारण हायलकायलबन्दै नेपाली, ७६ जिल्लामा फैलिएको संक्रमणबाट एक सातामै १३ जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्यो । दशैंको मुखमा डेंगु संक्रमितको संख्यामादिनानुदिन वृद्धि भइरहेको छ । दैनिकजसो संक्रमितहरु मृत्युको मुखमापुगिरहेको छन् । काठमाडौँ उपत्यकामाप्रकोपकै रुपमा फैलिरहेको डेंगुका कारण यतिबेला अस्पतालहरुमा भीडमात्रै बढेको मात्रै छैन कि दशैंको मुखमा आफ््ना आफन्तहरु गुमाइरनहेनु परेको छ ।
पछिल्लो एक सातामामात्रै १३ जना डेंगु संक्रमितको मृत्यु भएको स्वास्थ्यमन्त्रालयको तथ्यांकले देखाउँछ ।चिकित्सकहरु नै बिरामीभएर सिटामोल र जिवनजलखाएर उपचारगरिरहेको समाचारहरु बाहिरिरहेका छ । तर, यतिहुँदापनियसको रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएको छैन । सरकारले जुन रफ्तारमाकदमचाल्नु पर्ने हो त्यो चाल्न सकेको छैन । स्वास्थ्यमन्त्रालय घर वरपर पानीजम्ननदिन र लार्भा नष्ट गर्न भन्दै अनुरोध मात्रगरिरहेको छ ।
मान्छे यसको उपचार छैन भन्दै जतिगाह्रो भएपनि घरमै बसिरहेका छन् । चाडवाडको मुखमाउग्ररुप लिएको डेंगुले आममानिसलाई के गर्ने के नगर्ने भन्नमा नै अन्योलताथपेको छ । हिमालीजिल्ला मुस्ताङ बाहेक देशका७६ जिल्लामाफैलिएको डेंगुबाट २८ हजार बढी संक्रमितभइसकेका छन्भने साउनदेखि यता ३८ जनाको मृत्यु भइसकेको छ । काठमाडौँ, ललितपुर, मकवानपुर दाङ लगायतकाजिल्लायसको उच्चजोखिममा छ ।
मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी बागमतीप्रदेशमा २१ हजार ९७५, लुम्बिनीमाप्रदेशमा ३ हजार १२५, सुदूरपश्चिमप्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णालीप्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । २०६१ मापहिलो पटक नेपालमा देखिएको डेंगु त्यसयताभने वर्षेनी देखिँदै आएको छ । फाट्टफुट्ट देखिएतापनियसले डर लाग्दो रुप नलिँदात्यतातर्फ कसैको ध्यानगएको थिएन ।
तराईमामात्र देखिने यसको प्रभावतीनवर्ष अघि भने राजधानीमा नै देखिएको थियो ।दिनदिनै जोखिम बढिरहँदापनि राज्य स्तरबाट प्रभावकारी भूमिकानहुनुले जनताप्रतिगैरजिम्मेवारीपनदर्शाउछ । रोकथामको कामगर्न त ढिलो भइसक्यो नै अझै पनि सरकारले सतर्कतानअपनाउने हो भने यसले अकल्पनीय घटना घटाउने छ ।
प्रतिक्रिया