काठमाडौँ — वैकल्पिकशक्तीको वकालतगर्दै आएका र पछिल्लो समय विचार भन्दामाथि देश भन्ने अभियानचलाएकारविन्द्र मिश्र राप्रपाप्रवेश गरे । तामझामपूर्ण कार्यक्रमकावीचशंख र घण्टा बजाँउदै एक भएकाउनीहरुले यसले पार्टीमाउत्साहभर्नेमाआशावादी छन् । रविन्द्र मिश्रले नेतृत्व गरेको विचारभन्दामाथि देश अभियानमा संलग्नहरु राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)मा समाहितभएका छन ।
राष्ट्रिय सभागृहमाभएको कार्यक्रममाचार बुँदे सहमतिगर्दै मिश्रलगायतका राप्रपाप्रवेश गरेका हुन । राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई हस्तान्तरण गरेका थिए।अवमिश्र राप्रपाको वरिष्ठ उपाध्यक्षहुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन् । एकता घोषणापत्रमा हस्ताक्षर गर्दै शीर्ष नेताहरुले संवैधानिक राजतन्त्रको पुर्नस्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमतिजनाएका छन् । यो संगै राप्रपा कसैले रोक्ने नसक्ने तरिकाबाट अघि बढ्ने राप्रपाअध्यक्षलिङदेको बुझाई छ ।
पार्टी प्रवेशकार्यक्रमलाई सम्बोधनगर्दै उनले जनताले विकल्पखोजिरहेको र जनताको उत्तमविकल्प राप्रपा नै भएको बताए ।मिश्रको प्रवेशले हौसिएकालिङदेनले आगामीचुनावमाआफ्नो पार्टी पहिलो शक्तिबन्न सक्ने दाबीसमेत गर्न भ्याएका छन ।काठमाडौं महानगरपालिकाको मेयरमाबालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै उनले राप्रपाको पनित्यस्तै अवस्थाहुने दावीगरेका हुन ।
उनले पार्टीका नेताकार्यकर्तालाई चुनाव क्षेत्रमाजान र उम्मेदवारी घोषणा गर्न पनिआग्रहसमेत गरेका छन । लिङदनले मिश्रसहित पार्टीमाआएका नेताहरूले कत्तिपनिअसहजता महसुस गर्नु नपर्ने प्रत्याभूतिदिलाए । आफूहरूले पदकालागि राजनीतिनगरेको भन्दै उनले भोलि पनिपदकै कारण झगडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन । अब देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमाउम्मेदवारी दिने लिङदेनले बताएका छन ।
वैकल्पिकशक्तीको वकालत गरेर त्यसैलाई हाक्ननसकेकामिश्रपनि राप्रपामा समाहितहुनपाउदाँखुसी देखिएका छन ।पार्टीएकताकालागिनाम र चुनावचिह्नमाअल्झिननहुने बताएकाउनले आफूलेहलो बोक्ने निर्णय गरेँको बताए ।राप्रपासँगएकताहुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्वगर्ने बताए । मिश्रअध्यक्ष रहेको विवेकशील साझा पार्टीको चुनावचिह्न तराजु थियो ।
राप्रपाको भने हलो छ ।हलो बोक्नआफूलाई केहि लाजनहुने उनको भनाई थियो । आफू अभिव्यक्तिकाक्रममाएमालेप्रति नरम र कांग्रेप्रति गरम सुनिएकाउनी काठमाडौँ १ बाट चुनाव लड्ने तयारीमाछन ।जसकालागि राप्रपाजाने र एमालेसंग सहकार्य गर्न लागेका उनीविगतमाप्रकाशमान सिंहसंग झिनो मतान्तरले हारेका थिए । पार्टीप्रवेश कार्यक्रममाउनले त्यहि तुस पोखेका छन ।
विगतमा टुपरटुईयालाई केवलचर्चाका लागि पार्टी प्रवेश गराएर चुनावजित्ने सपना देखेको भन्दै आलोचना खेपेको राप्रपाले यो पटक भने वैकल्पिकभनिएको एक धार नै आफूमा समाहित गरेको छ । जसले पार्टीमापुनर्जागरण आउने रएजेण्डामा थपपुग्ने राप्रपाका नेताहरुको बुझाई छ ।विश्वासिलो र बलियो ‘सम्बद्र्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको नेताहरुको भनाईकावीचयसको उत्साहचुनावमा देखिन्छ कि देखिदैन त्यो हेर्न भने केहि समय कुनुपर्ने हुन्छ ।
प्रतिक्रिया