काठमाडौ— अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ । इयानको कारण भारी वर्षा र बाढी आएको छ । अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ । प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरेको आधारमा पाँचौं श्रेणीमा राखिएको छ ।
प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलेको छ । तुफानले असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ । लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ । फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ । तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ ।
प्रतिक्रिया