देश

कृषि र पर्यटन क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव छ : गभर्नर बमबहादुर मिश्र


काठमाडौँ — नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । गभर्नर मिश्रले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गर्नुभयो । उहाँले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गर्नुभयो ।

मिश्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा नभएको बताउनु भयो । उहाँले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पु¥याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको बताउनु भयो । उहाँले कृषि र पर्यटनबाट क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताउनु भयो । उहाँले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको बताउनु भयो ।