Breaking

सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे अझै जुटेन सहमति


काठमाडौँ — सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सीट बाँडफाँडबारे अझै सहमति जुटाउन सकेको छैन । निरन्तर बैठक भए पनि सहमतिमा पुग्न नसकिएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा क्षेत्रगत रुपमा छलफल हुने भएको छ । संयुक्त र दुई पक्षीय छलफलसमेत हुने छ । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रको विश्लेषणसहित कार्यदलले प्रस्ताव शीर्ष नेतासहितको बैठकमा पेश गरेको थियो ।