Breaking

काँग्रेस फुट नजिक : शेखर-गगन पक्षको धम्की, प्रचण्डविरुद्ध उम्मेदवार दिने (भिडियोसहित)


काठमाडौँ – आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदैछ ।

डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिन लागेको हो । कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ ।

इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ । इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

सभापति शेरबहादुर देउवा पक्षले सुरुमा राखिएका इतर समूहका नेताहरुको नाम पनि बन्द सूचीबाट हटाएको बताइएको छ । शेखर समूहका नेताहरु सभापति देउवाबाट टिकट लिन जुनसुकै मूल्य चुकाउन तयार छन् । यसका लागि भए सहमति, नभए विमतीकै रुपमा प्रकट हुने उनीहरुको उद्घोष छ ।