काठमाडौँ — वैकल्पिक शक्ती निर्माण गर्न भन्दै सन्चारकर्म छोडेर राजनितीमा होमिएका रविन्द्र मिश्र अन्तत ः राप्रपामा विलय हुने भएका छन् ।पाँच बर्ष पनि टिक्न नसकेका उनको यो अवस्थाले वैकल्पिक भनिएको शक्तीमाथि नै प्रश्न उठेको छ भने राप्रपा भने एक हदसम्म सफल भएको छ । आधा दशक अघि विविसिको आकर्षक जागिर छोडेर वैकल्पिक धारको राजनिति गर्ने भन्दै मैदानमा उत्रिएका रविन्द्र मिश्रको चर्चापरिचर्चा गज्जबकै थियो ।
फोहोर सफा गर्न नालीमै जानुपर्ने बताएका उनले सो समयमा स्थानीय तहमा राम्रो संकेत गरेको विवेकशील नेपालीसंग पार्टी एकता गरे । वैकल्पिक भनिएकाहरुको एकताले राम्रै सन्देश दिदाँ मिश्रले प्रतिनिधिसभामा पनि राम्रै नतिजा ल्याए । छोटो मतान्तरले हारेका उनले त्यसपछि कहिल्यै प्रतिपक्षीको भूमिकामा देखाउनसकेनन् । तर वाहिर वैकल्पिक र भित्र राजावादी रहेका उनले युवा नेतृत्व भन्दै मिलन पाण्डेलाई पार्टीको अध्यक्ष बनाएपछि भने आन्तरिक कलह बढ्यो ।
वैकल्पिक राजनितिको वहस देखि पार्टीमा पाण्डे गणतन्त्रवादी र मिश्र राजावादी बन्दासम्म निकै आरोह अवरोह व्यहोरोका उनले पछिल्लो समय विचारभन्दा माथि देश भन्दै आएका छन ।अब मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह राप्रपामा समाहित हुने निश्चित भएको छ ।राप्रपा र रविन्द्र मिश्र समूहबीच भोलि बुधवार काठमाडौंमा एकता घोषणा सभा हुने निश्चित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मिश्र राप्रपाको सहअध्यक्ष हुने बताइएको छ ।
मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । नरम संवर्द्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरण गर्ने आफ्नो प्रयासले सार्थकता पाउन लागेको उनले बताएका थिए ।
मिश्रसँगै विवेकशील साझाका नेता शरदराज पाठकलगायतको ठूलो समूह पनि राप्रपामा प्रवेश गर्दैछ । मिश्र यसअघि कांग्रेसका प्रकाशमान सिंह पराजय भएको काठमाडौँ १ मै निर्वाचन लड्ने तयारीमा छन । त्यतिवेला ८१८ मतले पराजित मिश्र अहिले राप्रपामा जाने र एमालेसंगको तालमेलमा चुनाव लड्ने सपना देखिरहेका छन ।
त्यही सिलसिलामा उनले केही समय पहिले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका समेत थिए ।कतिपयले यसलाई मिश्रको पतनका रुपमा अथ्र्याएका छन भने यसले वैकल्पिक भनिएको शक्तीमाथि नै पुन एकचोटि आशंकाको आधार खडा गरिदिएको छ । यता राप्रपामा भने यसमा बढो रणनिति देखिएको छ ।
पुरानै पार्टी र संरचना रहेको तथा पुराना नेता भएपनि युवा आर्कषण कम गरेको राप्रपाले चुनावअघि मिश्रलाई भित्र्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केवल सन्चित शक्तीलाई पुर्नभरण गनुपर्ने बुझेका अध्यक्ष राजेन्द्र लिंगदेनले वैकल्पिक भनिएको एउटा धारलाई नै आफूमा समाहित गराएका छन । तर यसले राप्रपाभित्र पनि अन्तुष्टि बढाएको छ । मिश्रलाई बरिष्ठ उपाध्यक्षको वरियता दिने तयारी छ । जसलाई लिएर वुद्धिमान तामाङ अन्तुष्ट छन भने यसको व्यवस्थापन राप्रपाले कसरी गर्छ चासो बढेको छ।
मिश्रको राजनितीक यात्रा हेर्दा उनी अस्थिर र आफ्नो स्वार्थ केन्द्रीत देखिएका छन । जसले विगतमा आफैले वोकेको सिद्धान्तलाई पनि तिलान्जल दिन तयार उनी अरुको नियन्त्रणमा बस्न नसक्ने व्यक्तित्व हुन । यसअर्थमा आफू भन्दा कान्छा लिंगदेनको खटनपटन लामो समयसम्म मिश्रले झेल्लान भन्नेमै शंका छन । त्यस्तै चुनाव जिते त उनी आगामी दिनमा पनि राजनितिमा रहलान तर पराजय भए के विगतको जस्तै अवस्थामा पुग्ने त हैनन् ? भन्ने प्रश्न पनि अहिले उठेको छ ।
प्रतिक्रिया