काठमाडौँ — जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कारमा संलग्न हुनलाई विभिन्न देशका प्रतिनिधि टोकियो पुगेका छन् । आज सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टिका लागि भारतका प्रधानमन्त्री मोदी लगायतका प्रतिनिधिहरु त्यहाँ पुगेका हुन् । आबेको अन्त्येष्टी समारोहमा १ अर्ब ४८ करोड ७८ लाख १८ हजार ९११.४ मिलियन डलर खर्च हुने अनुमान गरिएको छ ।
आबेको लोकप्रियताका बावजुद जापानका केही मानिसले उनको अन्त्येष्टिको खर्चलाई लिएर विरोध गरिरहेका छन् । जापानभित्रै अन्त्येष्टीमा भएको खर्चका कारण यसको विरोध प्रदर्शन भइरहेको छ । पछिल्ला केही सातादेखि जापानभित्रै खर्चको विषयलाई लिएर आक्रोश बढेको छ । गत साता अन्त्येष्टिको विरोध गर्दै आएका एक व्यक्तिले प्रधानमन्त्रीको कार्यालय अगाडि आफैंलाई आगो लगाएका थिए । सोमबार झण्डै १० हजार प्रदर्शनकारी टोकियोको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।
आबेको अन्त्येष्टिमा विभिन्न देशका प्रतिनिधिहरू टोकियो पुगेका छन्। जसमा २० देशका राष्ट्र प्रमुखहरू सामेल छन्। जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा एक व्यक्तिले गोली हानेका थिए ।
गोली लागे लगत्तै उनी होसमा भए पनि उपचारका लागि लाँदै गर्दा उनको अवस्था गम्भीर बन्दै गएको थियो । त्यही दिन स्थानीय अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धपछि जापानमा पूर्व प्रधानमन्त्रीका हैसियतमा हुने दोस्रो राजकीय अन्त्येष्टि हुनेछ । सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो । बीबीसी
प्रतिक्रिया