काठमाडौँ — बलात्कार आरोप लागेका लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा भएका छन् । २१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोपसहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन। मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहेका थिए ।
भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप लगाइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । रिहा भए लगतै उपप्रमुख महतोले भने,‘ अब मुद्दा बल्ल अदालती प्रक्रियामा गएको छ । मैले न्याय पाउने विश्वास छ। प्रहरीको नियन्त्रणबाट बाहिर निस्कको छु। अदालती प्रक्रियामा गएपछि मैले न्याय पाउनेमा विस्वस्त छु । उपप्रमुख महतोलाई असोज २६ गते बकपत्रको लागि तारिख दिइएको जिल्ला अदालत सिरहाले जनाएको छ।
प्रतिक्रिया