Breaking

सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुहुन्न: मन्त्री श्रेष्ठ


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताउनु भएको हो ।

उहाँले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताउनु भयो ।