Breaking

राष्ट्रिय सभा अध्यक्षले प्रतिनिधिसभाको कार्यकालबारे उठाए प्रश्न


काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको कार्यावधि सकिएको भन्दै अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले महासचिवलाई लेखेको पत्रमा निर्णय कार्यान्वयन गर्न उपयुक्त नदेखिएको उल्लेख छ । समानुपातिकको लागि नयाँ बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भनेर आयोगलाई पनि पत्र पठाएर जवाफ माग गरेको थियो । जवाफमा आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको छ ।