काठमाडौँ – सिट वाडफाडको विषयले सत्ता गठबन्धनमा भाडभैलो देखिएको छ । शिर्ष नेतृत्वको भागवण्डा टुङिगिएपनि तल्लो तहलाई नेताहरुले ध्यान दिन नसक्दा त्यो परिणाम देखिन थालेको हो । उनीहरु श्रीमतीसमेत समेटिने तर तल्लो तहका नेताहरु भने सहिद हुने पर्ने अवस्था आएपनि यो विद्रोह पार्टीभित्र समेत देखिएको छ । जसमा एमालेले भन्ने आफ्नो पक्षमा माहोल सिर्जना गर्ने सम्भावना देखेको छ ।
निर्वाचनको मुख सत्ता गठबन्धनमा भाडभैलोको अवस्था सिर्जना भएको छ । शिर्ष नेतृत्व र उनका श्रीमती समेत व्यवस्थापन हुने तर जिल्ला स्तरका नेताहरु मारमा पर्ने अवस्था आएपछि विद्रोह सुरु भएको हो । आजमात्रै धनकुटाका नेकपा माओवादी केन्द्रका सबै नेताहरुले सामूहिक राजीनामा दिएका छन् । असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबैले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
माओवादीबाट सामूहिक राजीनामा दिएपछि हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियान घोषणा गरेर चुनाव लड्ने सहमति समेत गरेका छन् । भण्डारी २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । यता कांग्रेसभित्र पनि कलह बढ्दै गएको छ । जुम्ला जिल्ला उपसभापतीले आफूलाई कहिलेसम्म सौतेली व्यवहार गर्ने भन्दै सभापती शेरबहादुर पत्र नै लेख्दा डा.शेखर कोईराला पक्ष पनि ससस्त रुपमा अघि बढेको छ । कोईराला पक्षका नेता गुरुराज घिमिरेले कांग्रेस आन्तरिक रूपमा एक नभई आफनो पक्षमा निर्वाचनमा परिणाम ल्याउन नसक्ने चेतावनी दिएका नै दिएका छन ।
विगतमा सबै क्षेत्रमा उम्मेद्धारी दिदा समेत अवसरमा बाट बन्चित बनेका उनीहरु अहिले आफू नसमेटिनेमा चिन्तित छन भने केन्द्र र प्रदेश दुवैमा कांग्रेसका उम्मेद्धार विहिन हुने अवस्था आउन नहुने माग गर्दैै आएका छन । फलत ः नेपाली कांग्रेसको आन्तरिक आयाम नमिलीकन टाउको जोडेर परिणाम प्राप्त गर्छु भनेर नसोच्न उनले चेतावनी दिएका घिमिरेले सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको नाम नै लिएर यसमा सचेत रहन सुझाएका छन ।
यता विपक्षी एमाले भने यसैमा खेल्ने रणनितिमा लागेको छ । अन्तरपाटी र पार्टीभित्र आन्तरिक कलह बढेका वेला माहोल आफ्ना तर्फ पार्ने सकिने वुझेको उसले यसैकेन्द्रीत भएका आफ्नो निर्वाचन केन्द्रीत कार्य गरिरहेको छ । व्यापक मात्रामा पार्टीप्रवेश गराउने र नयाँलाई अवसर दिने गरिरहेको एमालेले प्रधानमन्त्री देउवाकै गाउमा उनी विरुद्धका उम्मेद्धारलाई सघाउने भएको छ ।
कांग्रेसले प्रतिनिधिसभाको सिट मात्र पाउने चर्चाले पार्टीका डडेलधुराका नेता कार्यकर्ता विद्रोहको तयारीमा छन् । असोज ८ गते परशुराम नगरपालिका १ को बैठकले नेपाली कांग्रेसबाहेक अन्त भोट दिन नसकिने र अन्तै दिनु पर्ने बाध्यता पारे विवेकको मत दिइने र त्यसबाट हुने परिणामको जिम्मा नेतृत्वले लिनु पर्ने निर्णय नै गरेको छ भने पार्टीका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल एमालेको सहयोगमा देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । तर सत्ता गठबन्धनका नेताहरु भने विवादरहित ढंगबाट वाडफाड टुङ्ग्याउने भन्दै निरन्तर छलफलमा व्यस्त छन । सवैको चित्त बुझ्ने र सवैलाई न्यायोचित हुने गरि भागवण्डा गरिने उनीहरुको भनाई छ ।
गठबन्धनभएपनि यसैपनि जित निश्चित हुने कुराले पनि आकंक्षीहरु बढि छन । अर्कातर्फ कतिपय स्थानमा द्धन्द्धको समयमा मुख्य शत्रुकै रुपमा रहेकाहरुवीच मिलेर जान नसकिने अवस्था भएको स्थानीय नेताहरुको भनाई छ । यहि समस्याका कारण स्थानीय तह निर्वाचनमा समेत गठबन्धनका दलहरुले मित्रवत प्रतिस्पर्धाको बाटो समेत खुल्ला राखेको थिए । त्यस्तै शिर्ष नेताका चाँहि श्रीमती पनि समेटिने अनि कार्यकर्तालाई चाँहि वुद्ध बन्न सन्देश दिने प्रर्वत्तीले पनि यो विद्रोहको स्वर अझ ठुलो बन्ने देखिन्छ ।
प्रतिक्रिया