Breaking

प्रधानमन्त्री र व्यवसायीहरूबिच भेट : अव्यवहारिक मूल्यवृद्धि गरेको पाइएमा कारबाही गर्ने चेतावनी


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो ।

यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । यस्तै, सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए थिए ।

भेटमा प्रधानमन्त्री देउवाले दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताएको सहभागी एक उद्योगीले बताए । उनले कडाईका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगि र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको ती उद्योगीको भनाइ छ ।