Breaking

राष्ट्रपतिविरुद्धको रिट फुयालको इजलासमा


काठमाडौँ — राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो । अधिवक्ता सागर बराल, डा।सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ ।

विधेयक प्रमाणीकरणको विवादसम्बन्धी मुद्दा अरु सात वटा मुद्दाको पछि पालो परेको छ । २० भदौ २०७९ मा संघीय संसदले नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो । १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।