काठमाडौँ — पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथाबिहीबार राजधानीमाआयोजित एक कार्यक्रममालोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्रीशेरबहादुर देउवातथापूर्वप्रधानमन्त्रीहरु पुष्पकमलदाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथखनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक पाँचव्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’नामको आत्मकथालोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहलाई सम्बोधनगर्दै प्रधानमन्त्री शेरबहादुर देउवालेस्वर्गीय थापापञ्चायतकालमामात्रनभएर बहुदलीयप्रजातन्त्रमाप्रधानमन्त्रीभई मुलुकको राजनीतिमा संलग्नअनुभवी, व्यावहारिक र कुशलव्यक्तित्वभएको बताउनुभयो । सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममादेउवाले नौ दशकलामो आयु बाँच्नुभएका स्वर्गीय थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूमध्ये एक रहनुभएको उल्लेख गर्नुभयो । प्रधामन्त्री देउवाले भन्नुभयो, ‘सूर्यबहादुर थापा नेपालको राजनीतिकइतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ ।
मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालनएवं प्रभावितगर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’उहाँको कार्यकालमामुलुकमाविभिन्न महत्वपूर्ण सुधारात्मककार्यक्रमहरूकार्यान्वयनमाआएको उल्लेख गदै प्रधानमन्त्रीदेउवाले मुलुककै इतिहासमापहिलोपटक जनमत संग्रहउहाँकै प्रधानमन्त्रीत्वकालमाभएको बताउनुभयो । नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोग्नुभएका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नकालागि एउटा रोचक र गतिलो कृतिहुने प्रधानमन्त्री देउवाको भनाइथियो ।
‘धनकुटाको ग्रामीण परिवेशमाजन्मिई अनेक संघर्ष झेल्दै मुलुकको राजनीतिको उच्चपदसम्मपुग्न सफलथापाले जीवनमा गरेको संघर्ष र भोगेको दुःख सुखकाकथाहरू यो आत्मकथामा समेटिएको छ । यो कृतिमावरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्नभएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ ।
यो आत्मकथाआजकानयाँ पुस्ताका राजनीतिकर्मीहरूकालागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृतिहुने विश्वास मैले लिएको छु,’प्रधानमन्त्री देउवाले भन्नुभयो । उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्रामलगायतकाअन्तर्राष्ट्रिय परिघटनादेखि नेपालको २००७ सालको राजनीतिकक्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनीतिकसंक्रमण, पञ्चायतकालीन राजनीतिकव्यवस्था, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादीद्वन्द्व, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।
पुस्तकमा स्व थापाले आफू मन्त्रीतथाप्रधानमन्त्रीहुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमाकर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालितगरियो, राजनीतिक परिचालन कसरी गरियो भन्नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिकव्यक्तिहरूका साथै प्रशासकतथा सुरक्षाकर्मीहरूकालागिउत्तिकै रोचकहुने प्रधानमन्त्री देउवाले बताउनुभयो ।
यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिकइतिहासमाखुल्नबाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमाआई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उहाँको भनाइथियो । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुस्तकमामाओवादीसँगको १२ बुँदे सम्झौताका सन्दर्भमागलतविवरण परेको र त्यसलाई यथावत रहनदिएगलतइतिहास लेखिने भन्दै आगामी संस्करणमा सुधार्न आग्रहगर्नुभयो ।
अर्का पूर्वप्रधानमन्त्रीपुष्पकमलदाहालले गणतन्त्र स्थापनापछि थापाले समकालीन राजनीतिमाअभिभावकको भूमिकानिर्वाह गरेको बताउनुभयो । कार्यक्रममापूर्वप्रधानमन्त्रीमाधवकुमार नेपाल र झलनाथखनालले पनिथापासँगकाआफ्ना स्मरणहरु सुनाउनुभयो । आत्मकथा लेखन र सम्पादनमा संलग्न हरिबहादुर थापा, गणेश पौडेल पत्रकार विजयकुमारले पनिआफ्ना अनुभव सुनाउनुभएको थियो । आत्मकथाबुकहिललेप्रकाशन गरेको हो । थापाको २०७२ वैशाख ३ गते निधनभएको थियो ।
प्रतिक्रिया