काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनले होन्डुरसमाथि ३-० गोल अन्तरको जित हात पारेको छ ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत एक गोल गरेका उनले ६९ औं मिनेटमा टोलीका लागि अर्को गोल थपेका हुन् ।
यसअघि खेलको १६ औं मिनेटमा लाउरेटो मार्टिनेजले एक गोल थपेका थिए ।
प्रतिक्रिया