Breaking

राष्ट्रपतिविरुद्ध जसपाद्वारा मधेसमा आन्दोलन घोषणा


काठमाडौँ – ससंदबाट दुई दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० ले मधेसमा आन्दोलन घोषणा गरेको छ ।

राष्ट्रपतिको कदमविरुद्ध जसपा मधेस प्रदेश समितिले पहिलो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको उल्लेख गर्दै जसपाले यही असोज ८, ११, १३, १५, १६ र १७ गतेका लागि चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको हो ।