काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गरको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लंघन गरेको आरोप लगाएका हुन् ।
उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको बताए । बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको पनि बताए । बाइडेनले आगामी हप्ता रुस नियन्त्रित क्षेत्रमा हुन लागेको जनमतसंग्रह नक्कली भएको भन्दै आलोचना गरेका छन् ।


प्रतिक्रिया