काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन् । पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा गर्दा अहिलेको समस्या आएको जिकीर गरेका छन् ।
‘राष्ट्रपतिले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले संसदमा पठाएको विषयलाई सत्ता गठबन्धनले संसद बाहिरबाट उपेक्षा गर्यो । गठबन्धनले गणतन्त्रका प्रतीक राष्ट्रपतिको उपेक्षा गर्यो । यसले मुलुकको हित गर्न सक्दैन,’ उनले भने । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्ने पक्षमै एमाले रहेर नागरिकता अध्यादेश ल्याएको उनले बताए । अहिलेको गठबन्धनले अध्यादेश रोक्ने प्रयत्न नगरेको भए नागरिकताको समस्या पहिले नै समस्या भइसक्ने उनको भनाइ थियो ।


प्रतिक्रिया