Breaking

किन बढ्दैछ काठमाडौं उपत्यकामा आगलागीको घटना ?


काठमाडौँ — पछिल्लो समय काठमाडौं उपत्यका नै आगलागिको जोखिममा पर्दै आएको छ । आज मात्र ललितपुरको धोवीघाट बागडोलको एक कबाडी गोदाममा आगालागी हुँदा नियन्त्रणमा लिन तीनै जिल्लाका दमकललाई हम्मेहम्मे पर्यो । ललितपुरको धोविघाट बागडोलस्थित प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा शाहले सञ्चालन गरेको कवाडी गोदाममा बुधबार दिउँसो १ बजे आगालागी भयो । शाहको कवाडी गोदाममा लागेको आगो नियन्त्रण गर्ने २ घण्टाको प्रयासपछि नेपाल प्रहरी सफल भयो ।

२० लाख लगानी गरेर सञ्चालन गरेको कबाडी गोदामका मालिक बच्चा शाह भारती नागारिक हुन् । २० वर्षदेखि उनी र उनका छोरा नेपालमा बसोबास गर्छन् । ब्यापार ब्यवसाय नेपाल भएकोले पनि उनी भारत कम र नेपाल बढि बस्दै आएको हुन् ।
कबाडी गोदाममा आगलागी हुँदा २ जान भारतीय र एक नेपाली कामदारसहित ३ जना घाइते भएका छन् ।

घाइते एक जनाको अवस्था चिन्ताजनक रहेको छ । काम गरीरहेका बेलामा एक्कासी आगोको मुस्लो देख्दा आत्तिएका अमर कुमार महत अहिले पनि डराइरहेका छन् । डर लाग्दालाग्दै भाग्न सफल भएपनि आगोबाट जोगिन सकेनन् ।

आगालागी कसरी भयो भनेर एकीन थाहा नभए पनि विजुली सर्ट भएर आगो लागेको हुनसक्ने कामदाहरु नै बताउँछन् । आगलागीको समाचार पाएसँगै काठमाडौं ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयको नियन्त्रणको प्रयासमा जुटेका थिए । २ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।