काठमाडौँ — सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ। उक्त मेशिनबाट ग्राहकहरुले आफैले नै आफुले चाहेको खातामा रकम जम्म गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाबाट ग्राहकहरुलाई लाइन बस्न पर्ने झन्झटबाट मुक्ति मिल्ने तथा ग्राहकको समयको पनि बचत हुने बैंकले विश्वास लिएको छ। हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० र १००० दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् ।
यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ । बैंकले देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया