काठमाडौँ — गत सेप्टेम्वर सातमा निधन भएकी बेलायति महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ । मृत्यु भएका १२ दिनपछि सोमवार राति महारानीको पार्थिव शरीरलाई राजकिय सम्मानका साथ अन्तेष्टि गरिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ।गत सात सेप्टेम्बरमा स्कटल्याण्डस्थित बाल मोरल दरवारमा निधन भएको उनको मृत्यु भएको १३ दिनपछि राजकीय सम्मानका साथ सोमबार राति अन्तिम संस्कार सम्पन्न गरेको हो ।
हजारौं मानिसको सहभागीता सहित शवयात्रा सहित विन्ड्सर कासलस्थित सेन्ट जोर्जेज् च्यापलमा पु¥याइएको महारानीको शवलाई ’कमिटल सर्भिस’ सहित अन्तिम विदाई सहित निर्दिष्ट स्थानमा समाधिस्थ गरिएको हो ।
वेस्टमिन्स्टर एबीमा महारानीको अन्तिम संस्कार समारोह आयोजना गरिएका थियो । यसअघि गत बुधवार अपराह्णदेखिवेस्टमिन्स्टर हलमा सार्वजनिक श्रद्धाञ्जलिमा राखिएको थियो । राजा वा रानीका लागि तय हुने विशेष अन्तिम संस्कार समारोह लन्डनस्थित प्रसिद्ध र ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर एबीमाभएको थियो ।
महारानी एलिजाबेथको अन्तिम संस्कार समारोहमा अमेरिकी राष्ट्रपति जो वाइडन सहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । राजा चर्ल्स तेस्रो,शाही परिवार साथै विभिन्न मुलुकका राष्ट्र प्रमुख सहितको उपस्थितिमा महारानी एलिजाबेथको अन्तिम विदाई गरियो ।
महारानीको शवलाई विन्डसर कैसलमा पति प्रिन्स फिलिप र बुवा किङ जर्ज पाँचौलाई राखिएकै नजिक दफन गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । महारानीको अन्तिम संस्कारसँगै ब्रिटेनमा सार्वजनिक शोकको अन्त्य भएको छ । ९६ वर्षको उमेरमा निधन भएको महारानी एलिजाबेथ द्वितियाले ७० वर्ष लामो राजगद्धी सम्हालेका थिए ।
महारानीको निधनसँगै बेलायती इतिहासमा सबैभन्दा लामो शासनकालको अन्त्य भएको छ ।नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्का सहितको टोलि महारानीको विदाईमा सहभागी भएका छन ।


प्रतिक्रिया