Breaking

संविधानको सातवर्ष सकसमै, सत्ता स्वार्थले जनअपेक्षामाथि कुठाराघात

योहो संवाददाता

काठमाडौँ — आज असोज ३,अर्थात संविधानदिवस । जनताले चुनेका प्रतिनिधिबाट निर्मित पहिलो संविधानजारी भएको सातवर्ष पूरा भएको छ । तर नेतृत्वको सत्ता स्वार्थ र राजनीतिक खिचातानीमा मुलुक संविधानले परिकल्पना गरेबमोजिम चल्न भने सकेन । मधेशीवादीदल ,आदिवासी समुदाय समेतको विरोधका वावजुत लामै राजनीतिक रस्साकस्सीका बीच२०७२ असोज ३ गते जनताका प्रतिनिधिले बनाएको संविधान २०७२ जारी भयो । नयाँ संविधान मुलत गणतन्त्र, संघियता,धर्मनिरपेक्षता,समावेशिता,समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सफलभयो । २०७४ को आमनिर्वाचन र संविधानको कार्यन्वयनले आम सर्वसाधरणमा थपउत्साह थप्यो ।

तर विडम्बना शीर्ष नेतृत्वको सत्तामोहका कारण मुलुकपुन पुरानै राजनीतिक अस्थिरता अल्झियो भने संविधानत प्रद्धत्त उपलब्धि प्रभावकारी बन्न सकेन । दलहरु सत्ता परिवर्तनदेखि संसद विघटनसम्मको खेलमा लिप्त बने । लोकतान्त्रिक अभ्यास र शुसासनको हुँकार गर्ने राजनीतिकदलहरु यत्ति निकम्मा बने कि बहुमतप्राप्त संसद दुई दुई पटक विघटन मात्रगरेन्न अदालतको परमादेशको साहरामा सरकार बनाउनुपर्ने अवस्थामा आए ।पछिल्लो समय संविधानको आफुखुशीव्याख्यगर्ने रवैया थप मौलाएकै छ । तर शीर्ष नेताहरु भने एकले अर्कालाई खुल्याउँदै आफु नै संविधानको रक्षक भएको दावीपछि पर्दैनन् ।

दलहरुआफैले जारी गरेको संविधानले सातौं बसन्तपार ग¥यो । सातवर्षमा दुई पटक संविधान संशोधनभयो । संविधान कार्यन्वयन पछिको पहिलो कार्यकालउहि राजनीतिक खिचातानी र अस्थिरतामै अन्त्यभयो । जसले संविधान प्रति जनताको विश्वास नै गुमेको विश्लेषण हुनथालेको छ । तर नेतृत्वअझै पनि मनगणन्ते गफदिन छोडेका छैनन् । सोमवा र संविधान दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको गन्तव्य मुलुकको द्रत र आर्थिक रुपान्तरण भएको दाबी गरेका छन ।

मुलुक संविधान कार्यन्वयन पछि दोस्रो कार्यकालका लागि चुनावमा होमिएका छन । दलहरुबीच सत्ताको लुछाचुडी र खिचातानी थप उग्र बन्दै छ । शीर्ष नेतृत्वको सत्ता स्वार्थ र दलिय किचलो हावीहुँदा सामान्य राजनीतिक संस्कार समेत क्षयिकरण उन्मुख छ । नागरिक संविधान प्रद्धत्त मौलिकहक बाट समेत बञ्जित छन । नयाँ संविधान नयाँ व्यवस्था जे आएपनिभुई मान्छेका लागिकागलाई बेल पाक्यो हर्ष न विष्मात भनेझै देखिन्छ ।