Breaking

नेपालमा डेङ्गु संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो, संक्रमितको संख्या १६ हजार ५८७


काठमाडौँ — यो वर्ष नेपालमा डेङ्गु संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हालसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । सबैभन्दा धेरै ललितपुरमा चार हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा चार हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगु संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ ।