अर्थनीति

नेपाल र विश्व बैंकबीच साढे ४१ करोड अमेरिकी डलर ऋण दिने सम्झौता


काठमाडौँ – नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ऋण सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभयो । सम्झौतामा हस्ताक्षर पश्चात् सचिव पुस्करले समावेशीरुपमा आर्थिक सामाजिक विकासलाई सघाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो रकमले नेपालको सार्वजनिक डाटा पूर्वाधार र साइबर सुरक्षा क्षमतामा सुधार समेत आउने अपेक्षा गरिएको छ ।