Breaking

काठमाडौं महानगरले उठायो ८४ लाख कर

योहो संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्राचार गरेकामा ९ वटा संस्थाले कर तिरेको महानगरपालिकाले जनाएको छ। केही दिन अगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो । महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन् ।

ती ९ संस्थाहरुले मात्रै महानगरलाई ८४ लाख ३४ हजार ३ सय ६३ राजश्व बुझाएका छन् । महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो । महानगरका मेयर बालेन साह निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो । महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो ।