काठमाडौँ — संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा राणाले बयान दिएका थिए । राणालाई समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको समिति सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले उनलाई फेरि बोलाउने छ ।
बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू विभिन्न मानिसहरूलाई विभिन्न आक्षेप लगाएका थिए । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए । समितिले गत भदौ १५ गतेबाट बयान लिन सुरू गरेको थियो ।


प्रतिक्रिया