देश

श्रावणयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु


काठमाडौँ — श्रावणयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् । अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ, ती कर्मचारीले भने‘ सातमध्ये तीन जनामा डेंगुसँगै अन्य दीर्घरोग पनि छ ।

मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्षीया महिला, कान्ति बाल अस्पतालमा तीन बर्षीया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्षीया महिला, भेरी अस्पतालमा १२ बर्षीया बालिका रहेका छन् । त्यसैगरी, चितवन मेडिकल कलेजमा २५ बर्षीया महिला, ग्राण्डी र समेरू अस्पतालमा डेंगु संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता ८ हजार ३२७ जना डेंगुको चपेटामा परेका छन् ।