देश

नेप्से परिसूचक १३।५४ अंकले गिरावट


काठमाडौँ — साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । सोमवार नेप्से सूचक १३।५४ अंकले घटेर १९१२।७४ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स यस दिन २।३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।६९ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आईतवारको तुलनामा कारोबार रकम भने बढेको छ । आईतवार कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०।२२ प्रतिशतले बढेको छ । त्यस्तै,अन्य, हाइड्रोपावर र फाइनान्स उपसमूहको
परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् । नेप्से घटेपनि सोमवार युनाइटेड इडि मार्दीको शेयरमूल्य ४।१७ प्रतिशतले बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५।८७ प्रतिशतले घटेको छ । नविल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।