काडमाडौँ — आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्राफाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्ने भएको छ । यो दशैं भायानेटको अल्ट्राफाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लानमात्र रु ९९९ प्रति महिनामा पाउन सकिन्छ ।
यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वाएमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् । यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्ने छ । ग्राहकले मेस राउटर लिनकालागि रु ४००० र एमआई ४ एराउटरको लागि रु १५०० डिपोजिट गर्नु पर्नेछ ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो । साथै भायानेटलेवार्षिक सदस्यतामा मात्र रु १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेटटप बक्समात्र रु ५००डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।
भायानेटको अल्ट्रा फाई लाइनअप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा फाई लाइन अप विशेष मानिएको छ । अहिले चलिरहेको अल्ट्रा फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रैवा इन्टरनेटसँगै टिभीका विभिन्नप्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।


प्रतिक्रिया