काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि समसामयिक विषयले प्रवेश पाएका छन् । बैठकमा सांसद्हरुले निलम्बीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक अवस्था चेकजाच गर्नुपर्नेदेखि लिएर प्रतिनिधिसभाको कार्यकाल र पुँजी बजारका समस्यासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् प्र्रतिनिधिसभा बैठकमा संसद्को कार्यकालबारे सरकारले पेश गरेको विधेयकको चर्को विरोध भएको छ । छलफलमा सहभागी प्रतिपक्षी मात्र नभएर सत्ता पक्षका सांसद्हरुले पनि विधेयकको चर्को विरोध गरे ।
त्यस्तै, छलफलमा नागरिकता विधेयक हुबहु राष्ट्रपतिकोमा पठाएकोमा पनि संसद्हरुले आपत्ति जनाए । सांसद कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धन सरकारले बहुमतको घमण्ड देखाएर राष्ट्रपतिले सन्देशसहित राष्ट्रिय सहमतिको लागि दिएको मौका गुमाएको भन्दै इतिहासले धिकार्ने बताए । प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताए । शुन्य समयमा बोल्दै सांसद दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने भन्दै भएका स्टक एक्सेन्जलाई आधुनिकीकरण गर्न माग गरे ।
त्यस्तै सांसद गजेन्द्रबहादुर महतले महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको मानसिक स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरे । उनले महाअभियोग सिफारिस समितिलाई दिएको बयानमा राणाले क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले राणाको स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरे । महतले प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लाञ्छना लगाइरहेको बताए ।
त्यस्तै सांसद धनश्याम खतिवडाले वर्तमान गठबन्धन सरकार किसानका समस्यामा गम्भिर हुन नसकेको बताए । उनले सरकारले कृषि अनुदानका नाममा दुध र मासु उत्पादनको लागि लाइस स्टक इनोभेसन सेन्टरबाट अनुदान दिने कार्यविधि त्रुटीपूर्ण भएको बताए । उनँले चुनाव जित्नको लागि गठबन्धन नभएर साझा विचार र मुद्दाको लागि गठबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया