Breaking

के कांग्रेसले ८० सिट मै चित्त बुझाउला,कहाँ पुग्यो सिट बाँडफाँट ? किन मिलेन माधव–प्रचण्डको कुरा

योहो संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनभित्र सिट वाँडफाडको विषयमा सहमती भन्दा समस्या बढि देखिन थालेको छ । तालमेल गरेर जाने विषयमा गठबन्धन सहमत भएपनि सिट वाँडफाडको विषयझन् झन् जेल्लिएको छ । सत्ता गठबन्धनमा देखिएको सिट वाँडफाटको गाठो फुक्ने भन्दा अझ जेलिनेतर्फ अघि बढेको छ । दलहरुका आ–आफ्नै अडानका कारण शिर्ष नेतृत्वको वैठकले पनि भागवण्डाको मोडालिटी टुङ्गो लगाउन नसक्दा गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सिट वाडफाडका लागि बनेको कार्यदलसहित शीर्ष नेताको बैठकले मोडालिटिको कच्चा तस्बिर तयार पारेको खबर बाहिरिएको भएपनि सीट संख्या ठ्याक्कै यति भनेर अहिले नै भन्ने अवस्था नरहेको नेताहरुले बताँएका छन ।

बताईएअनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।त्यस्तै गठबन्धनका कुन दलले कुन–कुन निर्वाचन क्षेत्र पाउने भन्ने लगभग सहमति जुटेको, तर प्रदेश र क्षेत्रबारे गप गृहकार्य भइरहेको नेताहरुले बताउने गरेका छन् । यता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन् ।निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको उनको भनाई छ । यद्यपी आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको नेपालको दावी छ ।

भागवण्डाका विषयमा अन्य दललाई गलाउने र आफूले माग गरेकै भाग लिने कांग्रेसको दाउ यथावत रहँदा अन्य दलले भने दवाव बढाँउदै गएका छन । त्यसमा पनि संघ र प्रदेशमै कांग्रेस उम्मेद्धार नहुने गरी सिट वाँडफाड गर्न नहुने अडानमा कांग्रेस छ भने माओवादी र अन्य घटकले पाउने सिट कति हुने भन्नेमा पनि समस्या सुल्झिएको छैन ।त्यस्तै मोटामोटी सिटको विषयमा टुङ्गो लागेको विषयमा पनि देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेपछिको नतिजाका रुपमा हेरिएको छ । यद्यपी कांग्रेस औपचारिक रुपमा भने सय सीटकै अडानमा छ ।

यो वीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्नो पार्टीले ६० सिट पाउने दाबी गरेका छन् । कांग्रेसले ८० सिटमा चित्त बुझाउनुपर्ने प्रचण्डको भनाइ छ । त्यस्तै, एकीकृत समाजवादी र जसपाले पनि २५ सिटमा दाबी गरिराखेको स्थिति छ । यसलाई सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने उनको भनाई छ ।

शिर्ष नेताहरुको यो वोली एकधारको नेतृत्व प्रचण्डले गरिरहेको देखिन्छ भने कसरी कांग्रेसलाई साईजमा ल्याउने भन्ने उनको मुख्य धेध्य छ । अन्य घटकलाई पछि समेटिने आशयका साथ प्रस्तुत भएका उनको वोली र उब्रिएको सिट दिएर नमान्ने नेपालको भनाईले कांग्रेस र अन्य घटक विच आधा आधा गर्ने भागवन्डा गर्ने सहमतीले पनि निकास नदिने देखिन्छ । यसले यो रस्साकस्सी अझै केहि दिन चल्ने देखिन्छ ।