काठमाडौँ — बेलायतले आफ्नो इतिहासमा तेस्रो पटक महिला प्रधानमन्त्री पाएको छ । लिजाले आफ्ना प्रतिष्पर्धी सनकलाई पराजित गर्दै प्रधानमन्त्री बन्न सफल भएकी हुन् । बेलायतले दुई महिनापछि नयाँ प्रधानमन्त्रीको रुपमा लिज ट्रसलाई पाएको छ । ट्रसले आफ्ना प्रतिष्पर्धी ऋषि सुनकलाई पराजित गर्दै कन्जरभेटिभ पार्टीको नेता पदमा विजयी हुन सफल भएकी हुन् । यससँगै बेलायतले पछिल्लो ६ वर्षको अवधिमा मात्रै ४ जना प्रधानमन्त्री पाइसकेको छ ।बेलायतको इतिहासमा नै तेस्रो पटक महिलाले प्रधानमन्त्री बन्ने अवसर पाएकी ट्रसको पूरा नाम मेरि एलिजावेथ ट्रस हो ।
यसभन्दा अघि दुई महिला मारगेट थ्याचर र थेरेसा मे बेलायतको प्रधानमन्त्री बनेका थिए । संयोग नै मान्नुपर्छ ट्रस ७ वर्षको हुँदा नै आफ्नो स्कूलमा नाटक गर्दापूर्व बेलायती प्रधानमन्त्री मारगेट थ्याचरको भूमिका गरेकी थिइन् । थ्याचर सन् १९८३ मा ठूलो बहुमतले विजयी भएकी थिइन्,ट्रसको जन्म सन् १९७५ मा अक्सफोर्डस्थित शिक्षित परिवारमा भएको थियो । बुबा गणितिको प्राध्यापक र आमा नर्स थिइन् ।
उनको बाल्यकाल राउन्डहे स्कूल लीड्समा बित्यो भने अक्सफर्ड विश्वविद्यालयबाट उनले उच्च शिक्षा हासिल गरिन् । दर्शन, राजनीति र अर्थशास्त्र अध्ययन गरेकी ट्रस विद्यार्थी राजनीतिमा लिबरल डेमोक्रेटिक पार्टीमा सक्रिय थिइन् । राजनीतिमा भविष्य बनाउँदै जाँदा उनी पछि कन्जरभेटिभ पार्टीमा सामेल भइन् ।पढाइ सकिएपछि शेल, केबल र वायरलेस कम्पनीहरूमा एकाउन्टेन्टको रूपमा काम गरेकी उनले सन् २००० मा आफ्नो सहकर्मी ह्युग ओलेरीसँग लगनगाँठो कसेकी थिइन् । उनीहरुको दुई सन्तान छन् ।
२००१ र २००६ को संसदीय निर्वाचनमा पराजित भएकी उनले सन् २०१० को चुनावमा भने सफलता हात परिन् । प्रधानमन्त्री बन्नु अघि उनी शिक्षा, वातावरण, कानुन, अन्तर्राष्ट्रिय व्यापार र विदेशमन्त्रीका रूपमा काम गरिसकेकी छिन् । हार्न पटक्कै मन नपराउने उनी पछिल्लो समय युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन । कर कटौती गर्ने नीतिले कन्जरभेटिभ पार्टीका बहुमत सदस्यहरुले उनलाई चुनेका हुन् । चुनावअघि ट्रसले आफू शक्तिमा आए आपत्कालीन बजेटमार्फत अर्बौं पाउन्ड कर कटौती गर्ने वाचा गरेकी थिइन् ।


प्रतिक्रिया