काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँट गर्दा नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताएका छन् ।
मंगलबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भोलि बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने पनि जानकारी दिए । यसअघि नेपाली कांग्रेसले एक सय सिट दाबी गरिरहेको थियो ।
प्रचण्डले आफूहरूले ६० आसपास सिट पाउने पनि बताए । यसैगरी, एकीकृत समाजवादी र जसपाले २५/२५ सिट दाबी गरेको र सबै दलको दाबी अनुसार सहमति खोज्ने प्रयास भइरहेको बताए ।
उनले मिलेको जति कार्यदलले मिलाउने र मिल्न बाँकीलाई शीर्ष तहमा बसेर टुंग्याउने बताए । प्रचण्डले सिट संख्यामा दाबी आ(आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।


प्रतिक्रिया