काठमाडौँ – नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आङकाजी शेर्पासहित चार जना सदस्यमा मनोनीत भएका छन् ।
सोमबार जिल्ला सदरमुकाम सल्लेरीमा जारी नेकपा एमाले जिल्ला कमिटीको बैठकले शेर्पा सहित चारजनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको जिल्ला कमिटी सदस्य भुपाल सिंह राईले जानकारी दिए । मनोनीत हुनेहरूमा आङकाजी शेर्पा, उदयबहादुर बस्नेत, कल्पना गिरी र फुनुरु शेर्पा रहेका छन् ।
आङकाजी शेर्पा झण्डै १० वर्ष नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय नेपाली काँग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिसमेत रहेका शेर्पा गत वैशाख ५ गते नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । काँग्रेसको गत महाधिवेशनमा सर्वाधिक मतल्याई उहाँ महाधिवेशन प्रतिनिधि बन्नु भएको थियो ।
सोलुखुम्बु जिल्लामा लोकप्रिय नेताको हैसियत बनाएका आङ काजी लगायत सयौँको संख्यामा नेता तथा कार्यकर्ता नेपाली काँग्रेस परित्याग गरेर गत वैशाख ५ गते नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओली सोलु पुगेर शेर्पासहितलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
लगत्तै एमालेले उहाँलाई मेयरको टिकट दिएको थियो । स्थानीयतहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी शेर्पा नेपाली काँग्रेसका उम्मेदवारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । भने बस्नेत र गिरी एमाले थुलुङ दुधकोशीका नेता हुन् । बस्नेत थुलुङ दुधकोशी गाउँपालिका कमिटीमा यसअघि अध्यक्षको जिम्मेवारीमा रहेका थिए । गिरी स्थानीय निर्बाचनमा सोही गाउँपालिका उपाध्यक्षका उम्मेदवार हुन् । सोलुदुधकुण्ड नगरपालिकाका फुनुरु माओवादी केन्द्र परित्याग गरि केहि समय अघि एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया