Breaking

केन्याविरुद्धको एक दिवसीय खेलमा नेपालको क्लिन स्विप


काठमाडौँ — नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले जितेको हो । यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ ।

नेपालले यस अघि पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ओभर १ बलमामात्र ४ विकेटगुमाएर पूरा गर्यो ।